रौतहटमा हालसम्म १७५८ जनाले जिते कोरोना, कोरोनाबाट ८ को मृत्यु, १९३६ संक्रमित

22

सत्येन्द्र प्रताप सिंह
रौतहट, २५ असोज ।
रौतहटमा आइतवार विहानसम्म जम्मा १९ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन ।
शनिवार साँझ एक जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९ सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट रौतहटमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । जिल्लामा अहिले क्वारेन्टाइन बेडको संख्या १ सय रहेको छ ।
जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएको क्वारेन्टाइनमा बसी फिर्ता हुनेको संख्या १३ हजार ३०७ रहेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख रहेको छ ।
जिल्लामा हाल ४ सय १९ बेड संख्याको आइसोलेसन सञ्चालनमा रहेको र उक्त आइसोलेसनमा अहिले एक सय ७० जना बसिरहेका छन । हालसम्म जिल्लामा १७ सय ५८ जना आइसोलेसनमा बसी फिर्ता भएका छन ।
हालसम्म जिल्लामा स्वाव संकलन गरिएका २२ हजार ३१२ जना मध्ये १९ सय ३६ जनाको पोजेटिभ र १९ हजार ४ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
८ सय ८९ जनाको रिपोर्ट आउन अझै बाँकी नै रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ ।