समुदाय प्रहरी साझेदारी अन्तर्गत कुम्हालटोल सामुदायिकद्वारा मन्दिर परिसर सरसफाई

33

संतोष रन्जितकार
वीरगंज, २४ असोज ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र वडा नं. १६ वडा समितिको संयुक्त आयोजनामा शनिबार नगवा–१६ स्थित बौद्धिमाई मन्दिर परिसरको सरसफाइ सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले समाजमा राम्रो कार्यलाई प्रोत्साहन गर्दै आएको तथा आफुले समेत समाजलाई भलो हुने जस्ता कामहरु गर्ने गरेको सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीले बताएका थिए । सोही क्रममा शनिबार सामुदायिक सेवा केन्द्र तथा वडा नं. १६ का वडा समितिले मन्दीर परिसरको सरसफाइ गरेको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा न.१६ का वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक श्याम कुमार यादव, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष श्रीमती सन्ध्या भट्ट, सन्जु दाहाल, कोषाध्यक्ष श्रीमती सम्झना मल्ल, सदस्यहरु सन्तोषमान रन्जितकार, सानुमाया रायमाझी, तारा बिस्ट, भवानी पौडेल, भवानी घिमिरे, ईन्दिरा पोखरेल, राम लक्ष्मण प्रसाद रौनियार, सामुदायिक प्रहरीका महिला हवल्दार सुनिता बिक, प्रहरी जवान कुमार बिक लगायतको उपस्थिति रहेको थियो ।