हिन्दु(मुस्लिम एकता आजको आवश्यकता विषय अन्तरक्रिया

30

संतोष रन्जितकार
वीरगंज, २४ असोज ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १ र ३ का युवाहरुले आयोजना गरेको हिन्दु(मुस्लिम एकता आजको आवश्यकता विषय अन्तरक्रिया कार्यक्रममा देश र समाजलाई अगाडी बढाउँन सबै समुदाय मिल्नुको विकल्प नरहेको वक्ताहरुले बताएका छन् ।
वर्षौंदेखि मिलेर बस्दै आएको हिन्दु(मुस्लिम समाज एकतालाई केहि उच्छृंकल व्यक्तिहरुले खलबलाउन खोजिरहेको बताउँदै वक्ताहरुले त्यस्ता तत्वहरुलाई समाजबाट वहिष्कार गर्नुपर्ने सुझाव दिएका थिए ।


अली हसनको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेश मान सिंह, बाबुलाल यादव, सिपु तिवारी, मुकेश द्धिवेदी, शाहवान मियाँ, कलाम मियाँ ठकुराई, सलाउद्दीन मंसूरी, जबार मंसूरी, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारलगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।