माधोपुरमा सार्वजनिक सम्पतिमाथि स्थानीयको कब्जा, मुखिया र हेड मास्टर गैर जिम्मेवार

16

सत्येन्द्र प्रताप सिंह
असोज २६ गते, रौतहट ।

जनप्रतिनिधिको संरक्षणमा रौतहटको माधवनारायण नगरपालिका ६ मा धो पुर मा सार्वजनिक सम्पति स्थानीयले कब्जा गरेको रहस्य खुलेको छ ।

तीनदिन अघि मात्रै मा धो पुर उत्तर्वारी टोलका बौवा नन यादवले सार्वजनिक सम्पतिको रूपमा रहेको एक सिसोको रुख काटेर लगेको थियो ।

माध्यमिक विद्यालयको नाममा रहेको पोखरीको डिलमा अवस्थित करिब ५ हजार भन्दा बढि मूल्य पर्ने उक्त सिसिको रूक यादवले काटेर लगेको थियो ।

सार्वजनिक सम्पतिको रक्षा गर्ने जिम्मेवारी पाएका मा धो पुर का एक जना निर्वाचित जनप्रतिनिधि कै प्रत्यक्ष संलग्नता तथा आदेशमा बौ वा नन यादवले उक्त रुख अपना मनोमानी तरिकाले काटेको पाइएको स्रोतले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधिको सार्वजनिक सम्पतिको रक्षा गर्नु कर्तव्य हो तर मा धो पुर मा सार्वजनिक सम्पतिको रक्षक जनप्रतिनिधि ले नै उल्टै सार्वजनिक स्थान पोखरीको डिलमा रहेको रुख काट्न लगाएको हो ।

यादवले रुख काटेको तीन दिन बितिसक्दा पनि अझै उसलाई कार्यवाही हुन् सकेको छैन ।

स्कूलको नाममा उक्त पोखरी रहेकोले पोखरीको सम्पूर्ण रेख देख गर्ने जिम्मा स्कूलको पनि हो तर उक्त पोखरीको डिलमा भएका रूखहरू जथाभावि कटान हुँदा समेत जिम्मेवार निकाय माध्यमिक विद्यालय मा धो पुर का प्रधानाध्यापक संजय गुप्ताले कुनै चासो नलिएको स्थानीयहरूले बताएका छन ।

वडा अध्यक्ष राजीव कुमार यादव र प्रधानाध्यापक गुप्ताको गैर जिम्मेवारीपन का कारण सार्वजनिक सम्पतिमाथि स्थानीयले कब्जा जमाएको देखिएको छ ।

सार्वजनिक स्थानको रुख काट्ने बौ वा ननलाई कार्यवाही गर्न वडा अध्यक्ष राजीव र प्रधानाध्यापक संजय गुप्ताले अहिलेसम्म कुनै चासो लिएको छैन ।

दोषीलाई कारबाही गर्न वडा अध्यक्ष यादव र प्रधानाध्यापक गुप्ता ले अहिले सम्म कुनै कदम न चालेकोले यस कार्यमा दुवै जनाको मिलेमतो रहेको स्थानीय बासिन्दाको संका छ ।

त्यस्तै यश विषयमा दोषी यादव माथि प्रहरी चौकी मा धो पुर मा निवेदन दर्ता भए पनि प्रहरीले समेत उसलाई कार्यवाही गर्न सकेको छैन ।

सार्वजनिक सम्पतिको यसरी विनाश हुँदा समेत प्रहरीले दोषीलाई कारबाही गर्न नसक्नु दुर्भाग्य रहेको छ ।

प्रहरी चौकी मा धो पुर का असई गौरीशंकर यादवले प्रधानाध्यापकले उसलाई कार्यवाही गर्न अहिलेसम्म केही पनि नभनेकोले आफू कार्यवाही गर्न नसकेको भनी गैर जिम्मेवारीपूर्ण जवाफ दिएका छन ।

यद्यपि प्रधानाध्यापकले कार्यवाही गर्न भन्ने बितिकै उसलाई कार्यवाही को दायरामा ल्याउने असई यादवले बताए का हुन् ।