साहिब दरबार र जसपा नेपालद्वारा नि:शुल्क आँखा शिविरको आयोजना

18

बिरगंज ।

साहिब दरबार सेवा संस्थान र जसपा नेपालको पर्सागढी नगर कार्य समितिको संयुक्त आयोजनामा पर्सागढी नगरपालिका वडा नं. ५ पंचरूखी को श्री नेपाल राष्ट्रिय नि.मा.विधालयमा नि:शुल्क आँखा शिविर माट्रिका आई फाउन्डेसनको सहयोगले संचालन गरेको छ । जसमा ३३१ जना महिला तथा पुरूषले आफ्नो आँखाको परीक्षण गराएका थिए । जस मध्ये १७५ जनाको आँखामा मोतियाबिन्दु देखिएको छ । उनीहरूको यही कार्तिक १५ गते देखि नि:शुल्क मोतियाबिन्दुको अप्रेशन गरिनेछ । शिविर कार्यक्रममा प्रदेश सभा सदस्य प्रल्हाद गिरी , राजेश मान सिंह ,जिल्ला का वरिष्ठ नेताहरू प्रेम बाबु पटेल , सुन्दर कुर्मी , शशिकपूर मियाँ , मुस्तकिम मियाँ, उमेशलाल सहनी,मुकेश द्धिवेदी , आमोल यादव , शशि पाण्डे माट्रिका आई फाउन्डेसन का महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे । शिविर जसपा पर्सागढी नगर अध्यक्ष नितेश मिश्राको बिशेष सक्रियता मा संचालन भएको थियो ।