डाक्टरको नाममा चेकजाँच गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

68

संतोष रन्जितकार
वीरगंज, २६ असोज ।
वीरगंजमा डाक्टरको नाममा चेकजाँच गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका वडा नं. २ छपकैयामा रहेको यादव अल्टूा साउण्ड सेन्टरबाट सो व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा विन्दवासिनी गा.पा. वडा नं. ०३ बस्ने राजाराम साह तेलीको छोरा वर्ष ४० को नारद साह तेली रहेका छन् । तेलीले यही असोज २३ गते उक्त सेन्टरमा डाक्टर शिवशंकर यादवको नाममा बिरामीहरुको चोकजाँच गरी औषधी उपचार समेत गर्ने गरेको तथा गर्भवती महिलाहरुको अल्टूा साउण्ड समेत गर्ने गरेको सूचना प्रहरीले पाएपछि उनलाई पक्राउ गरेको थियो । प्रहरीले निज तेलीलाई सम्मानित पर्सा जिल्ला अदालतबाट असोज २३ गतेदेखि नै लागु हुनेगरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी गराएका छन् ।