प्रहरीले भ्याटबिल भएको मदिरा नियन्त्रणमा लिई भन्सार बुझाएको मदिरा व्यवसायी संघको आरोप

696

संतोष रन्जितकार
वीरगंज, २६ असोज ।
प्रहरीले बुधबार नियन्त्रणमा लिएको मदिरा बाग्रेनिङ नमिलेपछि भन्सार बुझाइएको खबर प्राप्त भएको छ । मदिरा व्यवसायी संघ पर्साले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीलाई आर्थिक रकम नदिएको कारणले प्रहरीले भ्याट बिल भएको मदिरा भन्सार बुझाएको आरोप लगाएको हो ।
विभिन्न पसलहरुको लागि पठाइएको मदिराको भ्याट बिलसमेत हुदा प्रहरीलाई आर्थिक लेनीदेनी नगरेको कारण प्रहरीले सो मदिरालाई भन्सार बुझाएको मदिरा व्यसायी रंजित जयसवालले आरोप लगाएका छन् ।
उनका अनुसार पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरबाट असोज २१ गते बुधबार प्रहरी चौकी मिर्जापुरले बा. ६ च. ४८१२ नम्बरको मदिरा बोकेको पिकपअ नियन्त्रण लिएको थियो । त्यसपछि पिकअपका चालकसंग फोन गर्न लगाई आर्थिक मेलमिलाप गर्नु पर्ने भन्न लगाइएको थियो तर आफुले सो आर्थिक मेलमिलाप गर्न नमानेपछि प्रहरीले नियन्त्रणमा लिएको मदिरासहितको पिकअपलाई इलाका प्रहरी कार्यालय पोखरियामा पठाएको व्यवसायी जयसवालले बताए । उनले त्यहाँपनि कुरा नमिलेपछि प्रहरीले बिहिबार सांझ भन्सार बुझाएको थियो ।
मदिरा व्यवसायी संघ पर्साले नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्साको धोबिनी गाउँपालिकाको लंगडी, छिपहरमाई गाउँपालिकाको भिस्वा र मिर्जापुरको विभिन्न पसलहरुको लागि भ्याट बिलसहित मदिरा पठाएको मदिरा व्यवसायी जयसवालले बताए । तर प्रहरी चौकी मिर्जापुरले मदिरासहितको पिकअप नियन्त्रणमा लिएर मागेको खर्चबर्च नदिएपछि सुरुमा इप्रका पोखरियामा पठायो । त्यहाँ पनि आफु पुग्दा सो दिन सई साहेबले तपाईको मदिराको कागजपत्र ठिक छ तपाई भोली आउनुस् भनेर पठाएको बताए ।
त्सको भोली पल्ट बिहिबार विहान इप्रका पोखरियामा पुग्दा इन्सपेक्टर साहेब हुनु हुन्न पछि आउनुस् भनेर पठाइयो । पछि अपरान्ह ४ बजे फेरी इप्रका पोखरियामा पुग्दा सई साहबले इन्सपेक्टर साहबसंग भेट गर्न नदिई पठाउनु भयो । त्यसपछि सोही दिन सांझ ७ बजे प्रहरीले नियन्त्रमा लिएको मदिरासहितको पिकअप भन्सार बुजाइएको उनले जानकारी गराए ।
उनका अनुसार प्रहरीले एक लाख ४० हजार मुल्य बराबरको विभिन्न किसिमको मदिरा नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ गरेको मदिरासहितको पिकअप र ३ जनालाई मानिसलाई वीरगंज भन्सार बुझाएपछि प्रक्रिया पुगाएर ३ लाख ९४ हजार बिगो तिरेर छोडाएको उनले बताए ।
प्रहरीले कुनै सामान वा व्यक्तिलाई पक्राउ गरेपछि सोही दिन वा त्यसको भोली पल्ट सार्वजनिक समेत गर्ने गरेको छ । यो मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाएको ५ दिन बितिसक्दा पनि किन सार्वजनिक नगरेको हो ।
सम्मेलनमा वीरगंज मदिरा व्यवसायी संघका अध्यक्ष रामाधार प्रसाद सर्राफ, सचिव बलिराम मण्डल लगायतको उपस्थिती रहेको थियो ।