युवायुवतीहरुले अन्तर्राष्ट्रिय बालिका दिवस मनाए

28

संतोष रन्जितकार
वीरगंज, २६ असोज ।
वीरगंजस्थित घण्टाघरमा युवायुवतीहरुले दिप प्रज्वलित गरि अन्तर्राष्टिूय बालिका दिवस मनाएका छन् । सो दिवस युथ एसोसिएसन नेपाल तथा महोत्तरी नेटवर्क अफ युथ आरडिसि नेपालको संयुक्त सहकार्यमा मनाइएको हो । युथ एसोसिएसन नेपालका ज्योति साहको अध्यक्षतामा मनाइएको बालिका दिवसको प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की रहनु भएको थियो ।
सो कार्यक्रममा उपमेयर शन्ती कर्कीले महिलाहरु असुरक्षित रहेको बताउँदै आफुले महिलाहरुको हक अधिकारको लागि सधै अगाडी बढ्न तथा अगाडी बढेका महिलाको साथ दिन सधैं तयार रहेको बताउनु भएको थियो ।
सो दिप प्रज्वलन कार्यक्रममा नगर बाल संजालको र युथ ओफ विरगंजका सदस्यहरु लगयत चाइल्ड कलब ग्रेजुएटका जया साह, टिम नेपोका अध्यक्ष दिपु बर्णवाल, ग·ा श्रेष्ठ, रन्जिता कलवार, सिजल कुमारी, अर्चना कुमारी लगायत विभिन्न युवायुवतीहरुको उपस्थिती रहेको थियो ।