सरकारले विद्यालय सञ्चालन गर्ने प्रोटोकोल नबनाएसम्म विद्यालय संचालनमा नआउने : नगरप्रमुख सरावगी

58

संतोष रन्जितकार
वीरगंज, २६ असोज ।
महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सरकारले बिद्यालय संचालनको प्रोटोकल नबनेसमम बिद्यालय संचालन गर्न नसकिने बताएका छन् । हिजो सांसद यादव तथा प्याब्सन पर्साका बीच भएको छलफलमा कार्तिक ११ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको सुनेर नगरप्रमुख सरावगीले सो कुरा बताएका हुन् ।
कोरोना महामारीको चपेटामा बालबालिका तथा जेष्ठ नागरिक बढी पर्ने भएको हुनाले अहिले विद्यालय खोल्ने वातावरण नरहेको वहाँले प्रष्ट पार्नुभएको थियो ।
यस सम्बन्धमा महानगरले विद्यालय संचालन नगर्न भनी विभिन्न निकायहरुमा पत्राचार समेत गरेको वहाँले जानकारी गराउनु भएको थियो ।
नगरप्रमुख सरावगीले संघीय सरकारले बिद्यालय खोल्न अनुमति बिना नै कसैले विद्यालय खोलेको पाइएमा कारवाही समेत गरिने बताए । सरकारले जारी गरेको ऐन, नियम, कानून र कतिपय आदेशहरुको पालना नगर्दा जो कोही पनि कारवाहीमा पर्न सक्छ ।
वहाँले विद्यालयहरु संचालन गर्ने जिम्मेवारी हामीसँग भएपनि हाम्रो निर्णयले मात्र नभई शिक्षा मन्त्रालयको आदेश पनि हुनु पर्ने बताउँदै सरकारको प्रोटेकोलको प्रतिक्षामा हामी पनि रहेको बताए ।
कोरोना भाइरसको संक्रमण दर दिनदिनै बढ्दै गएको कारणले मुलुकमा कतिपय स्थानमा संचालनमा आएका बिद्यालयहरु समेत पछिल्लो अवस्थामा बन्द गरिएका छन ।
बीरगंजमा शनिवार संघीय सासद, राजनीतिक दलका प्रतिनिधि र शिक्षण संस्थाका संचालक तथा अभिभावकको भेलाले कार्तिक ११ गते देखि शिक्षण संस्था संचालनको निर्णय गरेका थिए । शिक्षण संस्था संचालनको निर्देशन गर्ने स्थानीय सरकार र केन्द्रीय सरकारको प्रतिनिधिको अभावमा गरिएको निर्णयले बैद्यता नपाउने बताए ।
सांसदले यस्तो अवैधता पाउने निर्णय गर्नुभन्दा केन्द्र सरकारसंग सम्वाद गरेर बिद्यालय संचालनको प्रोटोकोल जारी गराउनु पर्ने अगुवाहरुको भनाई रहेको छ ।
स्वास्थ्य संकटको बेलामा संक्रमण नियन्त्रण र रोकथामको सम्पूर्ण अधिकार बोकेको स्थानीय प्रशासनले समेत बिद्यालय खोल्ने इजाजत नदिएको अवस्थामा शिक्षकहरु, नेताहरु बिद्यालय खोलेर बालबालिकालाई किन जोखिममा पार्न खोजका हुन् । विद्यालय खोल्दा भोलीका दिनमा बालबालिकालाई केही हुँदा उसको जिम्मेवारी कसले लिने ? तथा कोरोना भाईरस मानिसबाट मानिसमा सर्ने भएको हुँदा कुनै एक बालबालिकामा लागे पछि पुरै विद्यालयका विद्यार्थीहरु नै संकटमा पर्न सक्छन् । त्यसैले अहिलेको अवस्थामा विद्यालय नखोल्नु नै उचित रहेको विज्ञहरुको सुझाव रहेको छ ।