निःशुल्क शल्यक्रिया सम्पन्न

14

सन्तोश रन्जित्कर

बिरगंज ।

दाइजो एवम समाजिक कुरिती विरुद्ध जागरण मंचको आयोजनामा जगरनाथपुर गा.पाको सहकार्य तथा दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राबिघिक सहयोगमा असाेज २४ गते गरिएको शिविरमा भेटिएका मोतियाबिंद बिरामीहरु मघ्ये बाट १२ जना स्वास्थ्य बिमा घारकहरुलाइ दृष्टि आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरी आफ्नै ख़र्चमा गाउँ-गाउँ बाट सवारीसाघन को समेत ब्यवस्था गरि बिरामीहरु लाई सेवा प्रदान गरिएको थियोे बिमा नभएका ६ जाना बिरामीहरु लाई सहुलियत दर छुट को साथ मात्र २०००/ हज़ार मै शल्य क्रिया देखी लिएर औसधि ,ब्लड टेस्ट,चश्मा गरी बिरामीहरु लाई अप्रेसन पछि घर पुर्याउने ब्यवस्था समेत अस्पताल ले गरेको जानकारी दाइजो एवम समाजिक कुरिती विरुद्ध जागरण मंच को अध्यक्ष बृजेश्वर चौधरी जानकारी दिनु भयो ।
बिमा नभएका ६४ जना बिरामीहरु लाइ गा पा अघ्यक्ष ज़ालिम मियाँ ले आफ्नै ख़र्च मा शल्य क्रिया गराउने प्रतिबद्धता गरेको रहेता पनि ६ जना ले आज आफ्नै ख़र्च मा शल्य क्रिया गराएर घर फर्के का थिए भने गाउँ पालिका का अध्यक्ष ले गराउने बाकी रहेका ५८ जना आँखा अप्रेसन गर्ने बिरामीहरु को उपचार ७ दिन भित्र गाउँपालि को अध्यक्ष जालिम मिया ले गराउने भनेको छ भन्दै संस्था को अध्यक्ष बृजेश्वर चौधरी जानकारी दिए।