महिलाको हत्या गरी फरार रहेका पैठान पक्राउ

156

संतोष रन्जितकार
वीरगंज, २७ असोज ।
प्रहरीले रेहाना नेसाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले कालीकामाई गाउँपालिका वडा नं २ भेडिहारी निवासी ३२ वर्षिय महमद रैफूल खाँ पैठानलाई रेहानाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
भारत बिहारको रक्सौल पन्टोका स्थायी घर भई हाल बीरगंज महानगरपालिकाको वडा नं ११ रानीघाटमा कोठा भाडामा लिइ बस्ने ३५ वर्षिया रेहाना नेसाको हत्या गरी यही असोज २१ गते पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी र वडा नं. ४ प्रशुरामपुरको बिचमा पर्ने गंगोल नदीमा हात र खुट्टा बाधेको अवस्थामा भेटिएको थियो । प्रहरीले सो हत्याको अनुसन्धान गर्दै जाँदा पैठानलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पैठानले ति महिलालाई कालिकामाई गाउँपालिकाको वडा नं. ४ प्रशुरामपुरस्थित गंगोल नदी किनारमा रहेको भगवतीको मन्दिरमा लगि हत्या गरी सोही नदीमा हात र खुट्टा बाधेर फालेको स्विकार गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुंवरले बताएका छन् ।
पैठानको ति महिलासंग नाजायज सम्बन्ध रहेको पनि खुलेको छ । प्रहरीले पैठानलाई असोज २६ गते आफनै गाउँको मस्जिदमा लुकी बसीरहेको अवस्थामा पक्राउ गरेको डिएसपी कुँवरले जनाएका छन् ।