स्वतन्त्र मानव समाजद्वारा असहाय विद्यार्थीहरुलाई खाद्य सामग्री वितरण

12

संतोष रन्जितकार
वीरगंज, २७ असोज ।
स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कार्यालय वीरगंजले एक कार्यक्रमको आयोजना गरी असहाय विद्यार्थीहरुलाई खाद्य लगायतका सामग्रीहरु वितरण गरेको छ । समाजका सह(कोषाध्यक्ष अंकित जालानले आफ्नो छोराको दोस्रो बार्षिकोत्सवको अवसरमा सो सामग्रीहरु वितरण गरेका हुन् ।

स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कायार्लय वीरगंजले पर्साको भिखमपुरमा रहेको श्री नेपाल राष्टिूय माध्यमिक विद्यालयको १० जना असहाय विद्यार्थीहरुलाई तथा वीरगंजका ४३ जना असहाय विद्यार्थीहरुलाई सो खाद्य लगायत ३३ प्रकारका सामग्रीहरु वितरण गरेको हो ।
उक्त अवसरमा समाजका सभापति कृष्ण कुमार खनाल र सह(कोषाध्यक्ष अंकित जालानलाई बिधालयका शिक्षक/शिक्षिकाहरुले दोषल्ला ओढाई सम्मान गर्नुको साथै मायाको चिनो समेत दिएका थिए ।
कार्यक्रममा समाजका सहयोगी दिपक पटेल, प्रधानाध्यापक अमरुलाह आलम, शिक्षक अशोक कुमार साह, ललन राउत कुर्मी लगायत अभिभावक, शिक्षक/शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।