वयोधा होस्पिटलद्वारा रक्तदान कार्यक्रमको आयोजना

33

संतोष रन्जितकार
वीरगंज, २८ असोज ।
वीरगंजस्थित नारायणी वयोधा हस्पिटलले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हस्पिटलले आफ्नै परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

हस्पिटलका सुविधा प्रबन्धक डा. रजनिश भारतीको अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १९ महिलासहित ७२ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा सलमा अन्सारी, प्रियांका पटेल, बबिता अधिकारी, मनोज पटेल, बृजकिशोर गुप्ता, रिशभ बर्मा, सगुन सापकोटा, बिकास जयसवाल, शम्भु यादव, बादल पराजुली, मनिष गुप्ता, राहुल रौनियार, साजन साह, नविन गुप्ता लगायतका रहेका हस्पिटलका मार्केटि· हेड कृष्णा साहले जानकारी गराएका थिए । कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्रमुख सारौभ राज पाण्डे नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको थियो ।