Home समाचार विश्व हातधुने दिवस मनाइयो

विश्व हातधुने दिवस मनाइयो

by अंकुश दैनिक
0 views

सन्तोष रंजितकार

बिरगंज।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा बिरगंजले विश्व हातधुने दिवसको अवसरमा उपशाखा कार्यालय अगाडि हात धुने कार्यक्रम को आयोजना गरेको छ । उपशाखा सभापती श्री नारायण यादव को सभापतित्व मा भएको सो कार्यक्रम को प्रमुख अतिथी बिरगंज महानगरपालिका वडा ५ का वडाअध्यक्ष प्रदीप कुमार चौरसिया ले रेडक्रस का जन्मदाता जान हेनरी डयुना को तस्विर मा माल्याअर्पण गर्नुको साथै हात धोइ कार्यक्रम को उदघाटन गरेका थिए भने कार्यक्रम को सहजीकरण उपशाखा सचिव लालबाबु सिंह ले गरेका थिए ।

सो अवसरमा उपशाखा का बरिस्ठ सदस्य प्रकाश उपाध्याय ,प्रमुख अतिथी चौरसिया एवम सभापती श्रीनारायण यादव ले कोरोना को माहामारी मा साबुन पानी ले कम्तिमा २० सेकेन्ड मिचिमिची हात धुने कार्य को महत्व अझ प्रासंगिक भएको भन्दै स्वास्थ्य प्रती जागरुक हुन सम्पुर्ण लाई आग्रह समेत गरेका थिए ।कार्यक्रम मा उपशाखा का उपाध्यक्ष सुरेन्द्र कानु, कोषाध्यक्ष नवनित अग्रवाल,उपकोषाध्यक्ष डा. जितेन्द्र अस्वानी , मानवअधिकारकर्मी हरेन्द्र पटेल , सदयहरु भागवत चौधरी , श्रवण रायमाझी , निरज हरिमुल , अमरेन्द्र यादव , अविलाष गुप्ता , सल्लाहकार हरु गौरी गुप्ता,मनोज मिश्रा ,हरेन्द्र कुर्मी लगायत पदाधिकारी एवम सर्वसाधारण हरुले साबुन पानी ले हात धोइ सहभागिता जनाएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.