सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा महिला हिंसा विरुद्ध जनचेतना कार्यक्रम

25

संतोष रन्जितकार
वीरगंज, २८ असोज ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिला हिंसा बिरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली पर्साले सो महिला हिंसा बिरुद्ध कार्यक्रमको आयोजना गरेको हो ।
सामुदायिक सेवा केन्द्र मुर्लीको त्रिमुर्तीको छेउमा रहेको कार्यालय परिसरमा सो कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको उपाध्यक्ष रेखा घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कौशल कुमार बर्तौला रहनु भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक पशुपति बिक्रम शाह, समाजसेवी उषा शाह, जेष्ठ नागरिक पर्साका सचिव जुमादिन शेष हवारी, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझी, सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधान, संस्थापक सदस्य हिरा गिरी, सामुदायिक सेवा केन्द्र मुर्लीका पदाधिकारीहरु, स्थानिय महिला, बुद्धिजिबि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । सञ्चारकर्मी एवं सामुदायिक सेवा केन्द्र मुर्लीका सदस्य जगत राईले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।