पर्सा ट्राफिक, ग्रीन सिटी र ट्रान्सपोर्ट एशोसेशियन बीच ३ बुंदे सहमति, तोकिएको समयमा मात्र लोड–अनलोड गरिने

199

संतोष रन्जितकार
वीरगंज, २९ असोज ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सचेतना अभियानलाई निरन्तरता दिएको छ । हप्तामा दुई पटक हुने गरी ट्राफिक सचेतनाका अभियानलाई ट्राफिक कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले निरन्तरता दिइदै आएको हो ।
बिरगंज आदर्शनगरको विभिन्न स्थानमा ट्रान्सपोर्ट अगाडीको बाटोमा ट्रकबाट सामानहरु लोड–अनलोड गर्दै आएकोले त्यहाका बासिन्दालाई सडक पेटी बाट आउन जान समेत गाह्रो भएको स्थानीयहरुको गुनासो बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रले जनचेतना कार्यक्रम अन्तर्गत ट्रान्सपोर्टलाई दिइएको समयमा लोड–अनलोड गर्ने गराउने भनी पटक–पटक सुझाव दिदै आएको भएपनि ट्रान्स्पोर्टले अटेर गरी मनपर्दो ढंगले सडक पेटीमा ठूलो सवारी रोकेर मालसामान लोड–अनलोड जस्ता कार्य दिनहु गर्दै आएकोले बिहीवार जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा विभिन्न बुँदागत बिषयमा छलफल गरि ३ बुंदे निर्णय गरिएको थियो ।
छलफलमा २०७७/६/२९ गते देखि २०७७/८/२ गतेसम्मको लागि ट्रान्स्पोर्टहरुमा आउने जाने गरेको मालवाहक सवारीहरु बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म र मिति २०७७/८/२ गते तिहार पश्चात् बेलुकी ८ बजे देखि बिहान ७ बजेसम्म बजार भित्र प्रबेश तथा बाहिर निस्कने, तोकिएको समय भन्दा बाहिर अन्य समयमा सडकमा सवारी साधन पार्कि· गरि लोड–अनलोड गरेको भेटिएमा प्रचलित कानून बमोजिम कारवाही गरिने र निर्णयहरु समय परिस्थिति अनुसार फेरबदल समेत गर्ने सकिने भनी ग्रीन सिटी, पर्सा ट्राफिक र ट्रान्सपोर्टहरु बीच सहमति भएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख कमलराज पण्डितले जानकारी दिएका थिए ।
सो बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक रजेशराज पुरी, बिपद ब्यवस्थापन प्रदेश नम्बर २ वीरगंजका प्रहरी निरीक्षक सरोज प्रजापति, सामुदायिक सेवा केन्द्र तथा समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर (ग्रीन सिटी) का अध्यक्ष जयप्रकाश खेतान, ट्रान्सपोर्ट एशोसेशियनका अध्यक्ष बालकृष्ण पोखरेल, सचीव नवराज अधिकारी, सह(सचीव अजय मण्डल, ट्रान्सपोर्ट एशोसेशियन कार्यसमितीका सजन कुमार गुप्ता, पशुपती ट्रान्स्पोर्टका नरेन्द्र राज पाण्डे लगायतले हस्ताक्षर गरि सहमति गरेका थिए ।