Home समाचार प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, हतियारधारी समूह प्रहरीको नियन्त्रणमा

प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, हतियारधारी समूह प्रहरीको नियन्त्रणमा

by अंकुश दैनिक
7 views

संतोष रन्जितकार
वीरगंज, २९ असोज ।
पर्साको ठोरी गाउँपालिकामा प्रहरी र हतियारधारी समूह बिच दोहोरो भिडन्त भएको छ । ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्ती नजिकको बाटोमा बुधबारराती भिडन्त भएको हो । प्रहरीले अवैध लागुऔषध गाँजा बिजयबस्तीको बाटो हुँदै आइरहेको छ भनी विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोककुमार साहको नेतृत्वमा गएको प्रहरी टोली एम्बुस थापेर बसेको थियो ।
त्यही बेला चार जनाको संख्यामा रहेका हतियारधारी समूहले प्रहरीलाई लक्षित गरि फायर गरेपछि प्रहरीले जवाफी रुपमा दुई राउण्ड हवाई फायर गरेको प्रहरी निरिक्षक साहले जानकारी गराउनु भएको थियो । फायर गरे लगत्तै प्रहरी ति चारै जनालाई हतियार सहित पक्राउ समेत गरेको थियो ।
प्रहरीले उनीहरुको साथ बाट चार राउण्ड गोली र एक थान भरुवा बन्दुक समेत बरामद गरेको थियो । पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका–४ का ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुन बहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् ।
पर्साको ठोरी गाउँपालिका–४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र एउटा खुकुरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरिएको चारै जनालाई आवश्यक कारवाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक कुमार साहले जनाएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.