रौतहटमा एक पुरुषको शव बरामद

24

सत्येन्द्र प्रताप सिंह
रौतहट, २९ असोज ।
रौतहटमा विहिवार फेरी एक जना पुरुषको शव फेला परेको छ । रौतहट जिल्लाको गौर नगरपालिका ५ बरहवा पुल नजिकै रहेको घनश्याम अग्रवालको घर अगाडि सडक छेउमा अन्दाजी ३५ वर्षका पुरुषको शव मृत अवस्थामा फेला परेको हो ।
मृत अवस्थामा फेला परेको पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृत्क लाशलाई अहिले जिल्ला अस्पताल गौरमा राखिएको छ । लाश चिन्ने व्यक्तिलाई आफना परिचय सहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय गौरले परिवारजनलाई आग्रह गरेको छ ।