सांसद यादवद्वारा निर्माण सम्पन्न नाला सडक तथा मोखतबको उद्घाटन

50

संतोष रन्जितकार
वीरगंज, ३० असोज ।
पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले सडक ढलान एवं नाला निर्माणको उद्घाटन गर्नु भएको छ । स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संसदीय कोषबाट बिरगंज महानगरपालिका वडा नम्बर २ छपकैयामा निर्माण सम्पन्न मोखतब र संसदीय कोष तथा वीरगंज महानगरपालिका र वडा कार्यालयको सहयोगबाट निर्माण सम्पन्न भएको सडक ढलान एवम नाला निर्माण कार्यको शुक्रबार एक कार्यक्रमका बिच सांसद यादवले उद्घाटन गरेका हुन ।

सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले जनचाहना अनुसारको आफनो निर्वाचन क्षेत्रमा कुना काप्चामा विकास निर्माण कार्यलाई सदैब निरन्तरता दिएको बताउनु भएको थियो ।
आफनो संसदिय विकास कोषबाट निर्माण कार्यहरू भईरहेको साथै आर्थिक रकमको कमीका कारण रोकिएको विकास योजनाहरूलाई निर्माण सम्पन्न गराउन अवलोकन समेत गर्दै आएको सांसद यादबले बताएका थिए । निर्माण सम्पन्न भएको मोखतब र सडक ढलान तथा नाला करिब ३५ लाख रकमको लागतमा सम्पन्न भएको जानकारी गराएका थिए ।
कार्यक्रममा घनश्याम गुप्ता, शेष अब्बास अताउल, मिया शेख जलसुदीन लगायत स्थानीय भद्रभलाद्मी बुद्धिजिबीको उल्लेखनीय उपस्थिति रहेको थियो ।