६५ औं प्रहरी दिवसको अवसरमा ९ प्रहरी सम्मानित

59

संतोष रन्जितकार
वीरगंज, ३० असोज ।
६५ औ प्रहरी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरीलाई सम्मानित गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रा·णमा शुक्रबार आयोजित सो कार्यक्रममा प्रहरीहरुलाई सम्मानित गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अमर तथा वीर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण गरी संगठनका प्रमुख प्रहरी महानिरीक्षकको शुभकामना सन्देश बाचन गरेर सुनाइएको थियो । प्रमूख अतिथि पर्साका प्रजिअ तामाङले अमर प्रहरीको परिवारलाई दोसल्ला ओढाई सम्मान गर्नुको साथै उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार एवं प्रमाण–पत्र प्रदान गरी सम्मान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमूख सेनानी मदन जंग राणा, सप्रउ राजेन्द्र खड्का, अनुसन्धान उपनिर्देशक टिका प्रसाद पोखरेल तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवार, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतका सञ्चारकर्मी एवं प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।