Home Top News क्लियरीङ एजेन्ट अशोक सिन्हाकाे फ्लैटमा प्रहरीद्वारा छापामारी,साढ़े बाईस कि.लो सुन सहित चांदी बरामद

क्लियरीङ एजेन्ट अशोक सिन्हाकाे फ्लैटमा प्रहरीद्वारा छापामारी,साढ़े बाईस कि.लो सुन सहित चांदी बरामद

by अंकुश दैनिक
0 views

सन्तोष रंजितकार,
बिरगंज ।
रक्सौल र बिरगंज भन्सारमा क्लियरीङ एजेन्टको काम गर्ने अशोक सिन्हाको निवासमा प्रहरीले छापा मारेको छ ।
जिल्ला प्रहरी कार्यलय पर्साले बिरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी स्थित गणेश अपार्टमेन्टको तेस्रो तल्ला को ३०३ नम्बरको फ्लैटमा निम्न परिणाम सुनको बिस्कुट १ के जी को दर ले १३ वटा १३ के.जी सुनको बिस्कुट मझौला 5 TAELS9999 ko सुन ८ के.जी ५७६ ग्राम सुनको बिस्कुट सानो १०० ग्राम को १० पिस १ के.जी सुनको बिस्कुट जम्मा २२ के.जी ५७६ ग्राम सुनको विभिन्न गरगहनाहरु ६८१ ग्राम चादीको गर गहना तथा थाल लगायतका २ के.जी २६२ ग्रामका सुन चादी लुकाइछुपाइ राखिएको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी उपरीक्षक गङ्गा पन्तको कमाण्डमा खटी गएको प्रहरी टोलीले भारत पुर्बी चम्पारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको फ्लैटबाट स्थानीय भद्रभलाद्मीको रहोबरमा रितपुर्बक खान तलासी तथा सुन चादी बरामद गरि जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइ निम्न सुन सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गङ्गा पन्तले पत्रकार समेलन गरी जानकारी गराउनुभयाे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.