टांसी सा· थार्वालीङ बौद्ध समितिको छैठो साधारण सभा सम्पन्न

20

संतोष रन्जितकार
वीरगंज, १ कार्तिक ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बुद्धले प्रतिपादन गरेको पञ्चशीललाई आत्मसाथ गरी बढी मात्र मानव जातीको अस्तित्व बच्ने बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित टांसी सा· थार्वालीङ बौद्ध समितिको छैठो साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै तामाङले अहिले मानव जाति लोभ लालचमा परी हत्या हिंसालगायतका अपराधमा लिप्त भएको र समाज अराजक बन्दै गएको बताए ।

वीरगंजमा रहेको भिस्वा डाँडा एक ऐतिहासिक धरोहर रहेकोमा वीरगंजबासीले गर्भ गर्नुपर्ने तथा यसको जगेर्ना गर्न हामी सबैको जिम्मेवारी रहेको प्रजिअ तामा·ले बताएका थिए । साथै उनले सामाजिक शान्ति स्थापना गर्न गौतम बुद्धको मार्ग नै अहिलेको आवश्यकता रहेकोले सबैले बुद्धका मार्गलाई अनुसरण गर्न अनुरोध समेत गरेका थिए ।
शनिबार सम्पन्न साधारणसभाले राम बहादुर लामाको अध्यक्षतामा ९ सदसिय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा मान बहादुर लामा, सचिवमा सागर लामा, कोषाध्यक्षमा उमेश लामा, सह(सचिवमा राज कुमार तामाङ, सदस्यहरुमा सन्नी पाख्रिन, हेमन्त तामाङ, ज्योति तामाङ, सिता तामाङ रहेका छन् ।
नेपाल तामाङ घेदु· वीरगञ्जका अध्यक्ष छेडुप लामाले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभाकामना मन्तव्य दिँदै नयाँ कार्यसमितिले भिस्वा डाँडा र गुम्बाको संरक्षण र विकास गर्ने कुरामा बिश्वस्त रहेको बताए ।
कार्यक्रममा गुम्बा प्रमुख प्रेम दोर्जे मोक्तानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण हेमन्त तामाङले गरेका थिए ।