नबिल बैंकका सीइओ अनिल केशरी शाहलाई कोरोना संक्रमण

55

काठमाडौं ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको जानकारी शाहले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

रिपोर्टमा पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।