Home समाचार बडा दशैंको अवसर पारी घर संसार मेघा मार्ट सञ्चालनमा

बडा दशैंको अवसर पारी घर संसार मेघा मार्ट सञ्चालनमा

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, १ कार्तिक ।
बडा दशैंको अवसर पारी घर संसार मेघा मार्ट डिपार्टमेन्ट स्टोर संचालनमा आएको छ । बडा दशैंको पहिलो दिन घटस्थापनाको पूजाआजा गरी सो मार्टको संचालन गरिएको हो । वीरगंजको आदर्शनगरस्थित करिब २५ लाखको लागतमा शुरु गरिएको उक्त मार्टमा स्वदेशी तथा विदेश सबै सामानहरु अरु पसलभन्दा सस्तो र सुपथ मुल्यमा दैनिक उपभोग्य लगायतका सामानहरु उपलब्ध रहेको मार्टका सञ्चालक पुरुषोत्तम पाण्डेले बताउनु भएको थियो ।

उपभोक्ताहरु पनि दैनिक उपभोग्यका सामानहरु किन्न धेरै पसलहरु धाउने भएकोले समस्या हुने गरेको थियो तर मार्टमा आएपछि सबै सामानहरु एउटै ठाउँबाट सुपथ मुल्यमा किन्न पाएपछि धेरै नै सहज भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
उक्त मार्टमा फोनमार्फत अर्डर लिई घरमै सामान पुर्‍यादिने व्यवस्था समेत रहेको तथा उपभोक्ता सहजताको लागि केहि दिनपछि बैंकि· सिस्टम समेत लागु गरिने सञ्चालक पाण्डेले जानकारी गराएका थिए । अहिले आधुनिक समयअनुसार र उपभोक्ताहरु बैंकि· सिस्टममा बढी विश्वास तथा रुची राख्ने भएको हुनाले केहि दिन पछि बैकि· सिस्टम लागु गरिने संचालक पाण्डेले बताएका थिए ।
उपभोक्ताहरुले पनि उपभोग गर्ने खाने सरसमान एउटै पसलमा पाइने भएपछि पसल–पसल घुम्ने झन्झट मुक्त भएको पसलमा सामान किन्न आएका एक उपभोक्ताको भनाई रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.