सगरमाथा सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न

14

मनोज साह
जितपुर बारा, १ कार्तिक ।
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा ७ मा रहेको सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का स्थानीय जेष्ठ नागरिक राधा देबी सापकोटाले गर्नुभएको हो ।

जेष्ठ नागरिक सापकोटाले पानसमा द्विप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । आर्थिक बर्ष २०७६।०७७ मा संस्थाले ४ सय ९६ शेयर सदस्यहरुबीच करिब १ करोड ३७ लाख २ हजार ५ सय ९९ रुपैयाको कारोबार गरेको छ । संस्थाको कुल पुँजी ११ लाख २२२ हजार ६ सय रहेको छ भने निक्षेप बचत ८९ लाख ५१ हजार १ सय ५८ रुपैया रहेको छ । सहकारीले गत आर्थिक बर्षमा ४ लाख ६४ हजार ८ सय ३९ पैसा नाफा आर्जन गरेको छ । साधारणसभामा संस्थाका अध्यक्ष श्रीमती सीता उप्रेतीले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारीको बिगतको कार्यको समिक्षा गर्दै र भावी रणनितीको बिषयमा जानकारी दिनुभयो । शेयर सदस्यहरुलाई संस्थाले १३ प्रतिशत लाभाँश बितरण गर्ने अध्यक्ष उप्रेतीले बताउँनुभयो । सगरमाथा महिला बचत सहकारीका अध्यक्ष सीता उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाको सचिव उषा पौडेलले राख्नुभएको थियो । कार्यक्रमका सहजीकरण देबी सापकोटले गर्नु भएको थियो ।