Home Top News पर्सागढीद्वारा चौथो नगरसभा सम्पन्न, ६९ करोडको बजेट पारित

पर्सागढीद्वारा चौथो नगरसभा सम्पन्न, ६९ करोडको बजेट पारित

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, २ कार्तिक ।
पर्सागढी नगरपालिकाले चौथो नगरसभा सम्पन्न गरी ६९ करोडभन्दा बढीको बजेट पारित गरेको छ । सो नगरसभामा नगरपालिकाको वडा नं. ८ को वडा कार्यालयमा सम्पन्न भएको हो । नगरसभाले आ.व. २०७७/०७८ को ६९ करोड भन्दा बढीको बजेट पारित गरेको थियो । पर्सागढी नगरपालिकाको नगरप्रमुख लोकनारायण यादवले पानसमा दिप प्रज्वलित गरी कार्यक्रमको उदघाटन गरेका थिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले यस बर्षको बजेट तथा कार्यक्रममा जनचाहना र अवश्यकतालाई मध्यनजर गरी वडा तथा नगरस्तरिय विकासका योजनाहरु ल्याई विकास गरिने बताएका थिए । यसका साथै बजेटमा शिक्षा र नगरपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिइएको वताए । नगरसभाले स्वीकृत चालु आर्थिक बर्षको बजेटमा नगरसभाले नगर कार्यपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको लागि रु ६ करोड छुट्याएको नगर प्रमुख यादवले बताए ।
नगर प्रमुख यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख अर्चना चौधरीले रु ६९ करोड २१ लाख १७ हजार एक सय ४५ बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।
उनले आय तर्फ संघको वित्तिय समानिकरण अनुदान रु १२ करोड ४४ लाख, राजस्व बाडँफाड रु ८ करोड ८ लाख १४ हजार, शर्सत अनुदान १६ करोड ३२ लाख, प्रदेशको बित्तिय समानिकरण अनुदान रु ७३ लाख ७० हजार, राजश्व बाडँफाड रु ६२ लाख ९५ हजार, शर्सत अनुदान रु ८ लाख, बिशेष अनुदान रु ३० लाख, सम्पुरक अनुदान रु २ लाख रहेको वताइन । यस्तै, आन्तरिक आय रु ३ करोड ५० लाख, गत आ.व. को मौज्दात रु १७ करोड ९० लाख ६८ हजार एक सय ४५, सामाजिक सुरक्षा कार्यक्रम रु ७ करोड ८१ लाख, बहुक्षेत्रिय पोष्ण कार्यक्रम रु १५ लाख ७० हजार, युनिसेफ रु ४५ लाख, सडक बोर्ड रु ६० लाख रहेको उप प्रमुख चौधरीले जानकारी गराइन । प्रशाससनिक खर्च रु ९ करोड २८ लाख, वडागत योजनाहरु रु ९ करोड ९ लाख ७७ हजार एक सय ४५, गत आ.व. को योजनाहरु ६ करोड २ लाख, नगर स्तरिय योजनाहरु रु १९ करोड ४९ लाख ७० हजार, संघ सरकारको शर्सत अनुदान रु १६ करोड ३२ लाख, प्रदेश सरकारको सर्शत अनुदान रु ८ लाख, बिशेष अनुदान रु ३० लाख, सम्पुरक अनुदान रु २० लाख, बहुक्षेत्रिय पोष्ण कार्यक्रम रु १५ लाख ७० हजार र युनिसेफको रु ४५ लाख नगर सभाद्वारा स्विकृत बजेट प्रस्तुत गरेको थिए ।
कार्यक्रम मै आर्थिक बर्ष २०७६र०७६ मा नगरपालिकाको वडाहरु मध्ये वडा नं. २ सबै भन्दा बढी बजेट खर्च गर्ने र वडा नं. ९ सब भन्दा कम बजेट खर्च गर्ने वडाको रुपमा रहेको नगर उपप्रमुखले बताएकी थिइन् ।वडा नं. १ का वडा अध्यक्ष तुलाराम महतोले स्वागत र नगरपालिकाको समाजिक विकास शाखा प्रमुख प्रदिप चौरसियाले संचालन गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकाल, लेखा अधिकृत राम कुमार कुशवाहा, इन्जिनिर जंग विजय साह, प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक चन्द्रकिशोर राय, सुचना प्रविधि अधिकृत रिसी दास, अरविन्द सिंह, गिरि राज कडेल, मनोज चौधरी लगायत नगर सभा सदस्य एवम कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.