Home समाचार अनाधिकृत रुपमा राखिएका निर्माण सामग्री वीरगंज महानगरपालिकाको नियन्त्रणमा

अनाधिकृत रुपमा राखिएका निर्माण सामग्री वीरगंज महानगरपालिकाको नियन्त्रणमा

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, ४ कार्तिक ।
वीरगन्ज महानगरपालिकाले नगरक्षेत्र भित्र अनाधिकृत रुपमा राखिएका निर्माण सामग्री र ठेलागाडीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिकाको नगरप्रहरीले महानगरभित्र जथाभावी राखिएका निर्माण सामग्रीहरु बालुवा, गिटी, ढुंगा तथा विभिन्न कवाडी सामानहरु नियन्त्रणमा लिएको हो ।
नगरप्रहरीले वीरगन्जको माईस्थान, आदर्शनगर, बाईपासको ब्रह्मचोक लगायतका क्षेत्रमा अनाधिकृत रुपमा राखिएका निर्माण सामग्रीहरु करिब २५ टयाक्टर बालुवा, १०/१२ ट्याक्टर गिटी र ३ ट्याक्टरजति इट्टा, कवाडी सामग्री तथा ठेलागाडीहरु समेत नियन्त्रणमा लिईएको नगर प्रहरी इन्चार्ज हरि भुषालले जानकारी दिएका थिए ।
दोश्रो बाईपासको ४० फिटको सडक छेउछाउमा राखिएको निर्माण सामग्री तथा फलामका कवाडीहरु नियन्त्रणमा लिएर डम्पिङ साईटमा राखिएको नगरप्रहरी इन्चार्ज भुषालले बताए । जथाभावी पार्किङ गरिएका ठेलाहरु समेत नगर प्रहरीले नियन्त्रणमा लिएर महानगरपालिकामा राखिएको उहाँले बताए ।
वीरगंज महानगरपालिकाको सूचना अनुसार असोज २९ गते दिनको १२ बजेभित्र उक्त सामानहरु उठाउनु पर्ने तथा नउठाएको खण्डमा फोहरमैला व्यवस्थापन ऐन २०७५ को दफा २५ (१२) बमोजिम ५ हजार रुपैया जरिवाना तथा सामान समेत जफ्त हुने उल्लेख गरिएको छ ।
सोही सन्दर्भमा वीरगंज महानगरपालिकाभित्र राखिएका विभिन्न स्थानहरुको समान जफ्त गरिएको थियो । सो सामानहरु बुझ्न आउने जो कोहीलाई पनि जरिवाना गरिने तथा उठाएको सामानहरु जफ्त गरिने महानगरपालिकाले जनाएको छ । यो अभियान निरन्तर जारी रहने भुषालले जानकारी दिएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.