अवैध लागुऔषध सहित एक पक्राउ

1,186

संतोष रन्जितकार
बारा, ५ कार्तिक ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरी टोलीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बसभित्र लुकाई छिपाई लग्दै गरेको अवस्थामा सो लागुऔषध बरामद गरेको हो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित तराई धर्मकट्टा नजीक वीरगंज पथलैया सडक खण्डमा सवारी साधन तथा यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा वीरगंजबाट नारायणघाट जादै गरेको ना ६ ख ८९३८ नं.को यात्रु बाहक बसमा सवार यात्रु तथा सामानहरु चेकजाँच गर्ने क्रममा सो लागुऔषध फेला परेको थियो ।

प्रहरीले बसको पछाडि सिटमा बसेका जिल्ला रौतहट साबिक गा.वि.स.बसविटी जिंगडीया वडा नं.१ हाल गरुडा नगरपालिका वडा नं.८ बस्ने राम एकवाल महराको छोरा वर्ष २७ को हरि रामलाई ५ (पाँच) वटा पोका भित्र नाईट्राभेट–१० लेखिएको ५० (पचास) पत्तामा जम्मा १५ सय पिस ट्याबलेट र १७ पोकामा नुफिन लेखिएको ८ सय ५० पिस, फेनारगन लेखिएको ८ सय ५० पिस र डाईजेपाम लेखिएको ८ सय ५० पिस गरी जम्मा २ हजार ५ सय ५० एम्पुल अवैध लागूऔषध आफ्नो साथमा बोकि ल्याएको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो । प्रहरीले उक्त लागुऔषध र हरिरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको ईलाका प्रहरी सिमरा ले जनाएको छ ।

क्रिकेटमा सट्टाबाजि खेल्ने तीन जना पक्राउ
त्यसैगरी हाल दुवईमा चलिरहेको Indian Premier League-2020 Cricket खेलमा कलैया स्थित बजारमा केही मानिसहरूले सट्टाबाजी खेल खेल्दैछन भन्ने कार्तिक ०४ गते मंगलवार राती अन्दाजी ८:०० बजे प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरी टोलीले गोप्य रूपमा बुझ्दै जाँदा जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.१ राजदेवी टोल स्थित राजु कुमार यादवको घरमा कि·स इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिम बिच भइरहेको खेलमा साट्टाबाजी खेलिरहेको थाहा पाई घरमा प्रवेश गर्दा साट्टाबाजी खेलिरहेका निज धरधनि राजु कुमार यादव, सोही ठाउँ बस्ने दिपक कुमार सर्राफ र सोही ठाउँका रबि दास समेतलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको शरीर तथा घरकोठा समेतको तलासी लिने क्रममा निजहरुको साथ तथा कोठा समेतबाट निजहरुले सट्टाबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक, रू.१,७७,०५०।– (एक लाख सतहतर हजार पचास रूपैया) नगद र मोबाइल थान २ समेत फेला परेको हुँदा बरामद गरी सट्टाबाजी खेल्ने राजु कुमार यादव, दिपक कुमार सर्राफ र रबि दासलाई पक्राउ गरी निजहरु सट्टाबाजी मुद्दा अन्तर्गत सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।