कोरोना महामारीको बेला अग्रपंक्तिमा रहेका उपचार गर्ने २५० स्वास्थ्यकर्मी सम्मानित

40

संतोष रन्जितकार
वीरगंज, ५ कार्तिक ।
कोरोना महामारीको बेला अग्रपंक्ति रहेर कोरोना संक्रमितहरुको उपचार गर्ने स्वास्थ्यकर्मीहरुलाई बुधबार एक कार्यक्रमका बीच नारायणी अस्पताल विकास समिति पर्साले सम्मान गरेको छ । नारायणी अस्पताल बिकास समिति पर्साले कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा कार्यरत २ सय ५० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।
वीरगन्जको नारायणी अस्पताल, वीरगन्जका कोभिड अस्पताल एवम् विभिन्न आइसोलेशन सेन्टरहरुमा खटिएर संक्रमितको सेवा गरेका स्वास्थ्यकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । कोभिड नियन्त्रण तथा रोकथामसँगै संक्रमितहरुको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोवल बढाउन हौसलास्वरुप सम्मान गरिएको थियो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा, भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफ, अस्पताल बिकास बोर्डका सदस्यहरु, स्थानीय बुद्धिजीवी लगायत उपस्थिति रहेको थियो ।