चौथो नगर सभा सम्पन्न

26

सत्येन्द्र प्रताप सिंह

रौतहट, ४ कार्तिक |
देवाहि गोनाहि नगरपालिकाले ४९ करोड २ लाख २४ हजार २९ रुपैया बराबरको वार्षिक बजेट पारित गर्दै चौथो नगर सभा सम्पन्न गरेको छ । नगर प्रमुख धमेन्द्र पटेलको अध्यक्षतामा आर्थिक वर्ष २०७७रय७८ को वार्षिक बजेट पारित गर्दै नगर सभासम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत राजदेव राम चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको हो । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकता मा राखेर सो बजेट प्रस्तुत गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत राजदेवी रामले बताउनुभयो। सो कार्यक्रममा उपस्थित नगरपालिकाको उपनगर प्रमुख परनी देवी, राजदेव राम, वडाध्यक्षद्वयका, दिलिप यादव, राजकुमार साह, ब्रह्मदेवे कुर्मी, रामप्रवेश पटेल, अत्यानन्द उपाध्याय, अनिल झा, जगरनाथ यादव, हरिराम राउत, राजेश साह, प्र।नि। मेदनी साह, स।प्र।नि।विष्णु अधिकारी , नगर सभा सदस्यद्वय र कर्मचारीहरू लगायत स्थानीय बासीहरूको उपस्थितिमा चौथो नगर सभा समपन्न भएको हो ।