Home राजनीति दशैंको उपलक्ष्यमा नेपाली कांग्रेसद्वारा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना

दशैंको उपलक्ष्यमा नेपाली कांग्रेसद्वारा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना

by अंकुश दैनिक
1 views

वीरगंज, ५ कार्तिक ।
नेपाली कांग्रेस बुथ समिति वीरगंज महानगरपालिका वडा नं. ११, १२ र १३ को संयुक्त आयोजनामा दशैंको शुभ अवसरमा शुभकामना आदान–प्रदानको भव्य कार्यक्रमको आयोजना गरेको थियो ।

श्रीपुर स्कुलमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले पर्व त्योहारले समाज र परिवारलाई पुर्नताजगी दिने हुनाले कोरोनाको वर्तमान त्रासमय समयमा सर्तकर्तापूर्वक पर्व त्योहार मनाउन आग्रह गर्नु भएको थियो ।

नेपाली कांग्रेस भित्र सैद्धान्तिक प्रतिवद्धता हुनुपर्नेमा व्यक्तिवादी चरित्र हावी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै पार्टीप्रति समर्पित हुन आग्रह गर्नुभयो । अर्का नेता अनिल रुङ्गटाले वर्तमान परिस्थितीको लागि नेपाली कांग्रेस पनि जिम्मेवार रहेको चर्चा गर्दै पार्टीभित्र अनुशासनको कमी रहेको बताउनु भएको थियो ।

वडा नं. ११ का बुथ सभापति गोपाल रौनियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नं. १२ का बुथ सभापती विरेन्द्र महतो, वडा नं. १३ का सभापति कबिर अंसारी र नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.