युवालयद्वारा स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण

23

संतोष रन्जितकार
वीरगंज, ५ कार्तिक ।
युवाहरूको संस्था युवालयले स्वास्थ चौकीका स्वास्थकर्मीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । युवालय संस्थाले स्वास्थकर्मीहरूका लागि स्वास्थ समाग्री, किशोरीहरूका लागि महिनावारी स्वच्छता समाग्री, तथा २ महिनासम्म नि:शुल्क कक्षा संचालनका लागि शैक्षिक समाग्री बुधबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो ।

सो कार्यक्रम वीरगन्ज महानगरपालिका नगरप्रमुख विजय कुमार सरावगीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने नगरप्रमुख सरावगीकै हातबाट उक्त सामग्रीहरु वितरण गरिएको थियो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्ण, भिजिट मधेसका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफ, संस्थाको पदाधिकारी लगायत स्थानीय भद्रभलाद्मी बुद्धीजिवीहरुको उपस्थिती रहेको थियो ।