सानो घरले बालबालिकाहरुको सम्पूर्ण आधारभूत आवश्यकता पुरा गरिरहेको छ : सभापति सिंह

35

संतोष रन्जितकार
वीरगंज, ४ कार्तिक ।
नेपाल बाल संगठन पर्साले विद्यालय र बालबालिकाका लागि विभिन्न निकायद्वारा सञ्चालित संस्था बाल गृहहरुको अवस्थाबारे स्थलगत अनुगमन शुरु गरेको छ । धेरौ लामो समयसम्म संगठन नेतृत्वविहीन रहेको भएपनि अब संगठनले नेतृत्व पाएसँगै अनुगमन गर्न शुरु गरेको हो ।
मंगलबार संगठन पर्साका नवनियुक्त सभापति रामकिशोर सिंह नेतृत्वको एक टोलीले बिरगंज महानगरपालिका को वडा नम्बर ५ रेशमकोठी स्थित सानो पाइलाद्वारा सञ्चालित सानो घर नामक बाल गृहको स्थलगत अवलोकन गरेको थियो । टोलीले सानो घरमा रहेका बालबालिहरुको अवस्था, व्यवस्थापन लगायतका विषयहरुमा जानकारी लिएको थियो । सभापति सिंहले अनुगमनको क्रममा त्यहाँ रहेका बालबालिकाहरुलाई माया, स्नेह र पारिवारिक सरह व्यवस्थित तवरले सम्पूर्ण आधारभूत आवश्यकता पुरा भइरहेको भेटेको बताए । उनले सानो पाइलाले जस्तै सबै सामाजिक संघ संस्थाले गम्भीरता पुर्वक आफ्नो जिम्मेवारी बहन पूरा गरिदिए नेपालका हरेक बालबालिकाहरु हक अधिकारबाट कहिले पनि बञ्चित हुनु पर्ने अवस्था नआउने बताए । सानो घरमा अहिले १३ जना बालबालिकाहरु रहेको सानो घरकी कार्यक्रम व्यवस्थापक सुजिता ताम्राकारले जानकारी दिइन् । सानो पाइलाका कार्यक्रम व्यस्थापक प्रमुख रौनकराज सर्राफले आफूहरुले कम बालबालिकाहरुलाई राखेर अधिकतम सुविधा दिन खोजेको जानकारी गराएका थिए ।