नगर प्रमुख सरावगीद्वारा बहिरा विद्यालयको उदघाटन

137

सन्तोष रंजितकार,

बिरगंज ।

बिरगंज महानगरपालिका वडा न. १३ स्थित राधेमाईमा बहिरा विद्यालयको आज एक समारोह बीच उदघाटन भएको छ ।

बिरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले पानसमा दिप प्रज्वलित गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मेयर सरावगीले बिधालय चाहिने सम्पुर्ण सरसमान फर्निचर,कम्पुटर र पढाउन मिल्ने ठूलो एल.इ.डी टेलीभिजन मार्फत पढाउन मिल्ने गरि सहजताको लगी उपलब्ध गाराउने र सथै बिधालय सन्चालन को निमित्त आर्थिक बजेट को ब्यवस्था समेत बिरगंज महानगरपालिका ले गरिसकेको जानकारी दिनु भयो। आफ्नो कार्यकाल सम्म बिधालयमा कुनै पनि अर्थिक होस या बिधालय लाई चाहिने सहयोगमा कुनै पनि कमी आउन नदिने र बिधालयको लागि दुई वटा सोही अन्तरगतको शिक्षक शिक्षिकाको नियुक्ती मिलाइ सकेको र बाकीकालाई वहिरा बिधालयको बोर्डले के कसरी सहज पुर्बक हुन्छ आफै न्युक्त गरि बिधालय सन्चालन गरिने जानकारी गराउनु भयो ।

पछि बिधालय लाई बिस्तार गरि सन्चालनमा ल्याउने र देश मै यो बहिरा बिधालय पहिलो बिधालय हो जो महानगर को बजेटले सन्चालन आएको हो भनेर खुशी समेत ब्यक्त गर्दै सम्पुर्ण सहयोगी हाथहरु लाई धन्यवाद दिदै बडा दशै शुभदिपावली तथा छठ पर्व को शुभकामना समेत व्यक्त गरेका थिए।
बहिरा बिधालयका प्रधानाध्यापक मिना श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर बिजय कुमार सरावगी , अतिथिमा बिरगंज महानगर पालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, वडा न.१३ का वडा अध्यक्ष तुफान अन्सारी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , बहिरा संघ पर्साका सदस्य जुल्फिकार अन्सारी , नगर परिषद सदस्य राजकुमार महतो , बिरगंज युवा समाजका कमल चौगाई , समाजसेवी दिनानाथ रौनियार , सन्चारकर्मी लगायत बहिरा विद्यार्थीहरु , अभिभावक भद्रभलाद्मी बुद्धिजीवीहरु उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन बहिरा बिधालय व्यवस्थापन समितिका सदस्य रिताक्षेत्रीले गर्नु भएको थियो ।