बिन्दवासीनी गाउँपालिकामा मारपिट मुकेश चौरसिया गम्भीर घाइते, पर्सा प्रहरीद्वारा गिरफ्तार गरिएका पुर्व सांसद राजकुमार गुप्ता केही घण्टापछि रिहा

926

बिरगंज ।

नेकपा बिन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा विवाद हुँदा सो गाउँपालिकाको नेकपा सचिव मुकेश चौरसिया गम्भिर घाइते भएका छन् । तत्कालिन राजपाबाट त्यस गाउँपालिकाको मेयरको उम्मेदवार रहेको लक्ष्मण चौरसियाको समूहले एक्कासी टाउकोमा फठ्ठाले प्रहार गर्दा मुकेश गम्भिर घाइते भएका हुन् ।

अहिले उनको उपचार न्युरो अस्पताल वीरगंजमा भइरहेको र उनको स्वास्थ्य अवस्था गम्भिर रहेको बताइन्छ । झडपको बावजुद कार्यक्रम सम्पन्न भएको नेकपा प्रदेश सदस्य छोटेलाल यादवले बताउनु भयो ।

कार्यक्रम सम्पन्न भइसकेपछि झगडा गर्ने गिरोह पूर्व सांसद एन नेकपा पर्साका जिल्ला सदस्य राजकुमार गुप्ताको घरमा बसेको थाहा पाएपछि पर्सा प्रहरीले राजकुमार गुप्ताको घरमा गई राजकुमार गुप्ता समेत ९ जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो । गिरफ्तार गर्न खोज्दा पूर्व सांसद राजकुमार गुप्ताले प्रहरीको गाडीमा चढ्न मानेनन् र पैदल नै जिल्ला प्रहरी कार्यालय तर्फ गएको बताइन्छ ।

केही घण्टाको अन्तरालपछि प्रहरीले राजकुमार गुप्तासहित बाँकीलाई छोडेको र चारजनालाई हिरासतमा राखेको बताइन्छ ।