राज्य मन्त्री योगेन्द्र यादवको सहयोगमा अवरुद्ध पिपरा-गौर सडकखण्ड शुचारु

22

ओम प्रकाश यादव
कात्तिक ५ गते, रौतहट ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा विगत तिन महिनादेखी अवरुद्ध एक सडक खण्डलाई शुचारु गराएका छन ।
कृषि राज्य मन्त्री यादवले गत असाढमा आएको बाढीले बगाँउदा अवरुद्ध रहेको रौतहटको पिपरा गौर सडक खण्ड अन्तर्गत बडहर्वा र पथराको विचमा भत्केको सडकलाई आजदेखी शुचारु गराएका छन ।
असाढमा आएको बाढीले गौर पिपरा सडक खण्डको विच भागमा पर्ने पथरा स्थित निर्माण भइरहेको पुल छेउको बाटो पुर्ण रुपमा भत्केका कारण पैदल बाहेकका सवारी साधनको आवात जावत पुर्ण रुपमा नै ठप्प रहेको थियो ।
सदरमुकाम गौर जाने मुख्य बाटोको रुपमा रहेको पथरा र बडहर्वा विचको सो बाटो अवरुद्ध हुँदा माधवनारायण, गढिमाइ नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाइ गाउँपालिका र राजदेवी नगरपालिकाका दर्जन भन्दा बढी गाउँका मानिसहरुलाई सदरमुकाम गौर जान ठुलो कठिनाइ हुँदै आएको थियो ।
बाटो नभएका कारण विभिन्न पालिकाका सर्वसाधारणहरुलाई ५ किलोमिटर भन्दा बढी घुमाउरो गौर चन्द्रनिगाहपुर सडकखण्डको बम नहरको बाटो भएर गौर जानुपर्ने बाध्याता थियो ।
बाटोको अभावमा सर्वसाधारणलाई आवतजावत गर्न ठुलो कठिनाइ हुँदै आएको देखेर प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवले आज आफना संसदीय कोषको बजेटबाट तत्कालको लागि ग्रेवल राखेर बाटो शुचारु गराएका हुन ।
बाटोको अभावमा सर्वसाधारणलाई यात्रा गर्न ठुलो कठिनाइ भएको देखेर तत्कालको लागि भएपनि आफनै संसदीय कोषको बजेटबाट ग्रेवल राखेर बाटो शुचारु गराएको मन्त्री यादवले बताएका छन ।
ग्रेवल राखेपछि बाटो पुर्ण रुपमा शुचारु हुँदा सो भेगका सर्वसाधारणहरु निकै हर्षित भएका छन ।