शवदाह गृहको पहिलो चरणको निर्माण सम्पन्न

125

सन्तोष रन्जित्कर

बिरगंज ।

कोरोना भाइरसबाट मृत्यु भएका हिन्दू व्यक्तिहरुलाई हिन्दू रीति पूर्वक अन्तिम संस्कार गर्न नपाए पछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तको विशेष पहल र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सम्बन्धित सरोकार वालाहरुको पहलमा शव दाह गृहको निर्माणको  कार्य अगाडि बढेको छ।

केही दिन अगाडि कार्य समिति गठन गरि निर्माण कार्यलाई निरन्तर रुपमा काम सन्चालन गर्दै पहिलो चरणको निर्माण गरिसकेको र  एक दुई दिन भित्र मै सम्पन्न हुने ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतान ले जानकारी गराउनु भयो।यो निर्माण कार्यमा समाजसेवी राजु दारुका को आर्थिक सहयोग रहेको अध्यक्ष खेतानले बताउनु भयो ।

विद्युतीय स्वचालित शव दाह गृह निर्माण गर्नु पर्ने हुनाले सम्बन्धित सरोकार वाला हरुको ध्यानाकर्षण समेत अध्यक्ष खेतान ले गराएका थिए।