नेकपा र कांग्रेसले नीतिगत रूपमै भ्रष्टाचार गरेको सांसद यादवको आरोप

विभिन्न पार्टी परित्याग गरी १ सय ५ जना जसपामा प्रवेश

95

संतोष रन्जितकार
वीरगंज, १२ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले नेकपा र कांग्रेस पार्टी नीतिगत भ्रष्टाचारी भएको आरोप लगाएका छन । बीरगंज महानगरपालिका वडा नं. २७ मा जनता समाजवादी पार्टीको वडा ईकाई समिति उदयपुरघुर्मीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा र विपक्षमा रहेको कांग्रेस पार्टीले नीतिगत रूपमै भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

देशमा भएका ठुला ठुला भ्रष्टाचार काण्डहरूको छानवीन हुन्छ प्रतिवेदन बुझाईन्छ तर कार्यवाही केहि हुदैन यहि कारणहरूले पनि भ्रष्टाचार मौलाएको उनले बताए । सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निश्चित रहेको बताए ।
उनले वाईडबडी विमान घोटाला काण्डमा सरकारलाई छानबिन प्रतिवेदन बुझाउदा समेत हालसम्म कुनै कारवाही प्रक्रिया अगाडी नबढाउनु र विपक्षमा रहेको कांग्रेस पार्टी पनि तै चुप मै चुपको अवस्थामा रहेको देखिनुले यि दुवै ठुला पार्टीहरु नै नीतिगत रूपमा हुने भ्रष्टाचारको संरक्षणमा लागेको ठोकुवा गरेका थिए ।

जनता समाजवादी पार्टीका वीरगंज महानगरपालिका वडा नं.२७ का ईकाइ अध्यक्ष दयानन्द उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
कार्यक्रममा नेकपा पार्टी परित्याग गरी मोटर यादवको नेतृत्वमा रामदरस यादव, प्रमोद यादव, शम्भु यादव, एकतर आलम, रहमत देवान, हिरा देवान, जमुदिन मियाँ, बेलास गोठ, नागिन्द्र रायभर रहेका थिए भने नेपाली कांग्रेस परित्याग गरी ईनल यादव, रामअव्या यादव, मनाई राय, रिजवान हवारी, अब्दुल हवारी, अजरोदिन अंसारी लगायतका रहेका छन ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश सभासद करीमा बेगम, प्रदेश सभासद एवम पर्सा जिल्ला ईन्चार्ज सिंहासन साह कलवार, प्रदेश सभासद जन्नत अंसारी, प्रदेश सभासद भिमा यादव, विरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, बिन्दवासिनी गाँउपालिका प्रमुख श्रीलाल मोदी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, बहुदरामाई नगरपालिका वडा न. ५ का वडाअध्यक्ष असलम आलम लगायतको उपस्थिति रहेको थियो ।