प्रहरीद्वारा अवैध सामान बरामद

85

संतोष रन्जितकार
वीरगंज,१२ कार्तिक ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्रियाएको विभिन्न सामानहरु बरामद गरेको छ । विशेष सुचनाको आधारमा खटिएको सो प्रहरी टोलीले वीरगंज ड्राईपोर्ट परवानीपुर सडक खण्डको भवानीपुर स्थित सिताराम चोकबाट भुसा राख्ने गाइगोठमा लुकाई छिपाई राखिएको अवस्थामा विभिन्न अवैध समानहरुको १४ वटा पोका बरामद गरेको हो । बरामद गरिएको १४ वटा पोका मध्ये ११ वटा पोका शुटको थानको कपडा रहेका छ भने २ वटा पोका मा हार्डवेयर का समान र १ वटा पोका मा सलवार कुर्ता रहेको वडा प्रहरी कार्यालय श्रीपुर का प्रहरी निरीक्षक दिपक साह ले जनाएको छ ।
बरामद गरिएको समानहरुको मुल्य १५ लाख रहेको निरीक्षक साह ले वताए। अवैध रूपमा बरामद गरिएको उक्त सर(समानहरू वीरगंज भन्सार कार्यालय बुझाइएको जनाएको छ ।