मुकेश चौरसियाको पोष्टमार्टम र दाहसंस्कार शुक्रबार हुने

129

वीरगंज, १३ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा जिल्ला कमिटीले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी न्यायपूर्ण जनसमुदाय प्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।
पर्सा जिल्ला कमिटी सदस्य एवं बिन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चँैरसियाको मृत्यु प्रकरणलाई लिएर ७ औं दिनसम्म आन्दोलन गर्दा प्रहरीले मुद्दा दर्ता गरेको छ । केन्द्रिय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह र जिल्ला कमिटीका सचिव बिजय प्रसाद महतोद्वारा जारी प्रेस विज्ञप्तिमा शुक्रबार कार्तिक १४ गतेका दिन नारायणी अस्पतालमा मृतक मुकेश चौरसियाको शवलाई पोष्टमार्टम हुने र सोही दिन ११ बजे बहुअर्वा माध्यमिक विद्यालय नजिकको शमसानघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।