सांसद यादवद्वारा सबैठवा, प्रसौनीका स्थानीयहरुसंग भेटघाट कार्यक्रम सम्पन्न

71

संतोष रन्जितकार
वीरगंज, १३ कार्तिक ।
पर्सा निर्वाचन क्षेत्र न. १ का सांसद प्रदीप यादवले विकास योजना बारे बिरगंज महानगरपालिका वडा न.२३ को सबैठवा तथा प्रसौनीमा अनुगमन गरेका छन् । सांसद यादवले अनुगमनको साथै सो क्षेत्रमा बसोबास गर्ने जनताहरुको समस्याहरुको बारेमा बुझेका हुन् ।
अपने के सांसद अपने के गाउँ अभियान अन्तरगत आफ्नो क्षेत्रको जनतासंग भेटघाट गर्न र स्थानीय समस्या, गुनासो बुझ्न र जनभावना अनुसार समस्याको समाधान गर्न साथै हरेक जनताको प्रत्यक्ष सरोकार रहने र लाभ हुने विकासको कार्य योजना बनाउन आफु पुगेको सांसद यादवले बताएका थिए ।

जनता को समस्या बुझ्न पुगेका सांसद यादवलाई स्थानीयले मुख्यत बती, नाला , सडक, छठ घाट, खानेपानी र सफाई बारे गुनासो गरेका थिए साथै स्थानीय युवाहरुले खेलकुद को विकास र क्लब को निर्माण बारे आफ्नो धारणा राखेका थिए ।
स्थानीयको समस्या र गुनासो सुन्दै सांसद यादव ले स्थानीय वडा कार्यालय र स्थानीय सरोकारवालाहरुको कार्ययोजना बेवस्थित र पार्दारसी नभएको कारणले पनि जानता बडी मार्कामा परेको बताए । सांसद यादवले सामान्य समस्याहरुलाई स्थानीय ले पनि समोधन गर्न नसक्नु ले झन् विकास गर्न जटिल भएको र आफ्नो थोरै बजेट भए पनि समस्या , जनआपेक्षा बडी रहेको र क्षेत्र पनि ठुलो भएको हुन्नाले सहकार्य गरेर सबै समस्या बुँदागत रुपमा समाधान गर्ने बताए ।
गत आर्थिक वर्षमा पनि सो वडामा सांसद यादवले आफ्नो विकास बजेट बाट ५१ ओटा शौचालय निर्माण गरिएको र २५ घर धुरी लाई खानेपानी को व्यवस्थापन गरिएको बताए साथै यस वर्ष पनि यस वडा को विकास निर्माण मा कुनै कसर बाकी न राख्ने बताएका थिए साथै स्थानीय जनता ,नेता , कार्यकर्ता संग दिपावली र छठ को शुभकामना दिए थिए ।
सो कार्यक्रममा प्रदेश सांसद जन्नत अन्सारी ,जनता समाजवादी पार्टी को नगर अध्यक्ष इश्वर यादव, जनता समाजवादी पार्टीका एकाई अध्यक्ष जमुना यादव लगायतको उपस्तिथी रहेको थियो ।