खेलाडीकाे बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

42

मनाेज शाह
जितपुर, कार्तिक १५ गते ।

बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको नेपाल सितोरियो कराते संघ डोजो जीतपुर शाखाले बेल्ट टेष्ट कार्यक्रमको आयोजना गरेको छ । नेपाल सितोरियो कराते खेल्दै आएकाहरुको बेल्ट टेष्ट गरी बेल्ट उन्नती गर्नुभएकोले यस शाखाले शनिवार बाराको जीतपुर बजारमा टेष्ट कार्यक्रमको आयोजना गरेको हो ।

जीतपुर डाेजाे शाखाका स-प्रशिक्षाक मनोज कुमार साहको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व युवा तथा खेल्कुद मन्त्रि पुरुषोतम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि पौडेलले खेलले स्वास्थ्यका साथै सदभावलाई राम्रो बनाउने काम गर्ने गरेको बताउदै नगरले खेल क्षेत्रलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख सरस्वतीदेबि चौधरीले खेलको विकासका लागि नगरपालिका सधै उग्र स्थानमा उभीने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रमलाई गायक प्रमाेद जखमीले आफ्नो गिता सुनाएर खेलाडी र अतिथिहरुकाे मनराेजन गरेका थिए । सथै प्रिति पासवानले आफ्नो नृत्यले सबैकाे मन झुमाएका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर क्षेत्र (अनिल),पुर्ब गाबिस अध्यक्ष देवनारायण चाैधरी,जितपुरसिमरा नगर उधाेग बाणिज्य सघका अध्यक्ष सजय साह, नगर पुर्व नगर उधाेग बाणिज्य सघका अध्यक्ष घनश्याम गिरी, महिला नेत्री शिता उप्रेती , युवानेता सताेष सिह, रेडियो अकशबनि जितपुरका प्रबन्धक राजुराज गिरी, स्थानिय समाजसेवि अफताब आलम लगाएतको उपस्थिती रहेको थियो । कर्याक्रममा सहभागी खेलाडी मध्ये १० जनाले ग्रिन बेल्ट र ४ जनाले औरेन्ज बेल्ट प्राप्त गरेका छन् । कार्यक्रम बिभिन्न समाजसेवी का पनि सम्पन्न गरेकाे थियोे । कार्यक्रमका सहयाेगी संस्था केयर भिजन बाैडिङ , सहिद स्मरक एकडेमी,गिता फर्निचर जितपुरकाे सहयोग रहेकाे थियाे ।