घाँस काटने बिषयमा दुई महिला बीच झडप, प्रहरीले चरम यातना गरेको आरोप

78

सन्तोष रन्जित्कर,
बिरगंज ।

गत कार्तिक ९ गते आइतबारको दिन पर्सा जिल्लाको उदयपुर घुर्मी वडा न.२७ मा दिउसो ४ बजे घाँस काटने बिषयमा दुई महिला बीच भएको बिवादमा एक महिला घाइते भएकि छिन ।

घाइते लालसा देबि यादवको अहिले उपचार नारायणी अस्पतालमा भइरहेको छ ।

लालसा देबिकी छोरी ममता कुमारी सङ्ग सामान्य भनाभन भएको र पछी ललिता देबिको छोरा बलिराम यादब , छतरी यादव र धुरी यादब मिलि लालसा देबि यादबलाई कुटपिट गरि घाइते बनाएको उनको दाबी रहेको छ ।

पिडित लालसा देबि यादबले जिल्ला प्रहरी कार्यालय पर्सामा मौखिक जानकारी समेत गराएको तर वडा न .२७ का वडा अध्यक्ष प्रदिप यादबले पदको दुरुपयोग गरि प्रशासनलाई भनी उल्टो पिडित लालसा देबिको जेठाजु बर्ष ४५ को भुलाई प्रसाद यादवलाई सोधपुछ गर्न जिल्ला प्रहरीमा बोलाएर पक्राउ गरि राती चरम यातना दिएको उनको भाइ रोशन यादवले बताए ।

उनको अहिले नारायणी अस्पतलको इर्मेजेन्सी कक्षामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। ईमेर्जेन्सि कक्षमा उपचाररत डाक्टरको भनाई अनुसार बिरामी डर र त्रासले गर्दा बेहोस भएको र चोटपटक केही नलागेको बताए।

यश बिषयमा सत्यतथ्य बुझ्न नेपाली कांग्रेसका जिल्ला साभापति अजय दुवेदी, प्रदेश सांसद राजेस्वर प्रसाद साहलगायत बिभिन्न नेता तथा अगुवाहरु पुगेका थिए ।

प्रहरी नायव उपरीक्षक मनोजित कुवर अनुसार भुलाई प्रसाद यादव समान्य सोधपुछको लागि बोलाएको र उनी पहिलादेखि नै बिरामी रहेको जानकारी दिए। उनी माथी कुटपटि भएको छैन र उनी पहिल्यैदेखि नै रोगी हुनाले ढलेका हुन्,’ उनले भने।

यता प्रहरीले विपक्षीसंग आर्थिक लेनदेन गरी पक्राउ समेत नगरेको तथा पीडित पक्षलाई नै सोधपुछ गर्ने बहानामा थुनेर राखेको पीडित पक्षको आरोप रहेको छ ।