ग्रीन सिटीको पहलमा जिर्ण भइसकेका सडकहरुको मर्मत कार्य शुरु

143

संतोष रन्जितकार
वीरगंज, १५ कार्तिक ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला ट्राफिक कार्यालय पर्सा, वीरगंजका सामाजिक संघ संस्था तथा स्थानीय युवाहरुको पहलमा वीरगंजको मुख्य सडक तथा सहायक सडकहरुको मर्मत कार्य शुरु भएको छ । वीरगंज महानगरपालिकाले सघन शहरी तथा भवन निर्माण कार्यालयलाई कार्तिक २ गते नै पत्र काटेको थियो तर १०–१२ दिन बितिसक्दा पनि सडकहरु मर्मतको कार्य शुरु नभएपछि ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, सामाजिक संघ संस्थाहरु तथा स्थानीय युवाहरुको पहलमा शनिबारदेखि सडक मर्मत कार्य शुरु भएको हो ।
वीरगंज महानगरपालिकाले पहिलो चरणमा वीरगंजको भाजुरत्न चौकदेखी लोहारपट्टी चौकसम्मको सडक निर्माण कार्य शुरु गरेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शननगरका अध्यक्ष जयप्रकाश खेतनाले बताए ।
त्यसैगरी दोस्रो चरणमा आन्तरिक राजश्व कार्यालय देखि माइस्थाम चौक सम्मको पक्की बाटो निर्माण हुने र तेस्रो चरणमा मारवाडी सेवा समिति भवन रहेको सडक र टाउन हलको दोस्रो गेटबाट घडिअर्वा चोकसम्मको बाटोको मर्मत गरिने ग्रीनसिटीका अध्यक्ष खेतानकोले जानकारी गराएका थिए ।