बिहारीहरु नेपाली नागरिकता खरिद गर्दै, नेपाली मारवाडीलाई भारतीय बन्न रहर

2,588

बिरगंज ।
भारत राजस्थान र बिहारका भारतीयहरूले झूठो विवरण पेश गरी पैसाको बलमा नेपाली नागरिकता खरीद गरेको कैयौं घटनाहरू प्रकाशमा आएको भएतापनि नेपालका रैथाने प्रतिष्ठित घरानाका मारवाडी ब्यापारीहरूले पनि भारतीय भएको अधिकारिक मतदाता परिचयपत्र बनाएको पोल खुलेको छ ।

माइस्थान बिधापीठ स्कूल अगाड़ी घर भएका त्रियुगीनारायणका छोरा सुरेशकुमार अग्रवाल बीरगंजका पुराना बासिन्दा हुन तर आजको मितिसम्म उनी भारतीय नागरिक भएको प्रमाणले बताउछ । बिहारमा अहिले भइरहेको निर्वाचनमा उनी पनि मतदाता छन । यस्तै लाख़ों बिहारी मध्ये भाग्यमानी छन रक्सौल मौजे निवासी मदनप्रसाद सर्राफका छोरा सत्यदेव सर्राफ ।

रक्सौलमा साइकिल बनाउने र घूम्तीमा पसल थापेका सर्राफ बन्धुहरू दर्ज़नका हिसाबले नेपाली नागरीकता लिएर बीरगंज महानगरपालिकाका मतदाता भई सकेका छन तर सत्यदेवका छोरा रविले बिरगंजको घण्टाघरमा आरके साईकल पसल अरुको नाउमा कर मार्ने उद्देश्यले चलाई रहेको बताइन्छ ।