शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न

61

संतोष रन्जितकार
वीरगंज, १५ कार्तिक ।
प्रकाश नगर टोल विकास समितिले एक कार्यक्रमको आयोजना गरी शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान गरेको छ ।
ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्था र प्रकाश नगर टोल विकास समितिको संयुक्त आयोजनामा सो शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
त्यसैगरी शुभकामना आदान–प्रदान कार्यक्रम पश्चात बृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । बिरगंज महानगरपालिका वडा नं १४ मा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त रक्तदान कार्यक्रममा १५ जना महिला सहित १३० जनाले रक्तदान गरेका थिए । कार्यक्रमको उदघाटन नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह, समाजसेवी शिवशंकर पटेल, ब्लड डोनर्स एसोसिएसनका सहसचिव उमेश गुप्ता, नेपाली कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेल, युवा नेता धर्मेन्द्र पटेल, नेविसंघका पूर्व केन्द्रिय सदस्य सुधीर पटेल, नेविसंघका वर्तमान उपाधयक्ष विकेश पटेल, प्रकाश नगर टोल विकास समितिका अध्यक्ष सुरेन्द्र पटेल, सचिव श्याम राम, वडा नं ५ का इकाई कमिटीका अध्यक्ष प्रमोद पटेल, युवा नेता हाकिम अंसारी, प्रमोद पटेल, रवीन्द्र पटेल लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अनिल कुमार साहले गर्नु भएको थियो ।