दोहोरो नागरिकलाई कडा कारबाही गर्छु:- प्र.जि.अ. तामाङ

3,452

बिरगंज ।

तिनपुस्ते नेपाली नागरिक पनि यदि भारतीय मतदाता छ भने त्यो कारवाहीको भागिदार हुनेछ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले २०६३ सालमा भारतीयबाट नेपालीमा परिणत भएकाहरु मात्र होइन यदि यँहाका पहुचवाला राजनीतिज्ञ होस् व्यापारी होस् कोही पनि द्वैद्ध नागरिक वन्न पाउदैँनन । अहिले भारतको बिहारमा चुनाव भइरहेकोले भारतीय पक्षले रक्सौल वाेर्डर एकतर्फी रुपमा खाेलेको छ।

अहिले दैनिक रूपमा बिरगंज जितपुर सिमरा बस्ने द्वैद्ध नागरिकहरुको रक्सौल जाने लर्को जो कोहीले देख्न सक्छ । द्वैद्ध नागरिक प्रमाणीत हुनेलाई नेपालकाे कानुन अनुसार कडा कारवाही गर्ने प्रतिबद्धता प्र.जि.अ. तामाङले व्यक्त गर्नुभएको छ ।