नेकपा पार्टीद्वारा शुभकामना आदान–प्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न

78

मनोज साह
जितपुर बारा, १६ कार्तिक ।
नेकपा पार्टीद्वारा नेपालीहरुको महान दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेकपा प्रसौनीले दिपावली तथा छठ पर्वको अवसरमा प्रसौनी गाउँपालिका वार्ड नं. १ नहरटोल र नकटुवामा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
नेपालीहरुको महान दिपावली एवं छठ पर्व कोरोना महामारीबाट सुरक्षित रहि भव्य र सभ्य ढंगले मनाउन प्रदेश सभा सदस्यका प्रत्यासी एव युवा नेता उमेश कुशवाहाले आग्रह गरेका छन् । जसरी चाडवाँडमा हामी सवै एक हुन्छौ, त्यसरी नै सवै एक भए मात्र चौतर्फि विकासको परिकल्पना गर्न सकिने उनले बताए ।
शुभकामना दिदै नेता कुशवाहाले विश्व स्वास्थ्य सगठनले जारी गरेको स्वास्थ्य मापदण्ड पुरा गरि कोरोना महामारी प्रति सचेत भई समाजिक दुरी कायम गरि आफनो मौलिकता झल्काउने चाडपर्व दिवाली, छठ भव्य सभ्य मनाउन आग्रह समेत गरे ।
नेकपा इकाइ समिति प्रसौनी–३ का इकाइ समिति अध्यक्ष विनोद पटेल, महेश विक, याकुप अन्सारी, कृष्णा चौधरी, मनोज साह, प्रभु दास, लालबावु मुखिया बिन, ललिन्द्र पटेल, महेश कुशवाहा, नरेस मन्डल, हिरदेस साह, रामजि कुशवाहा, रसिद मिया, चान्द महम्म्द, रसिद मिया, प्रभु पटेल लगाएत स्थानिय बासी सहभागीता रहेको थियो ।
कार्यक्रममा आयोजक कमिटीले कार्यक्रममा सहभागीहरुलाई टिका र जमरा लगाई चियापान गरि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका थिए ।