नेकपा र जसपाले देशको विकास गर्नुको सट्टा राज्यको ढुकुटी कुम्ल्याउने गरेको सभापति द्विवेदीको आरोप

नेपाली कांग्रेस पर्साद्वारा घरदैलो कार्यक्रम शुरु

53

संतोष रन्जितकार
वीरगंज, १६ कार्तिक ।
नेपाली कांग्रेस पर्साले आइतबारदेखि जनताको गुनासो सुन्न र सोको समाधान तथा पहल गर्न घरदैलो कार्यक्रम शुरु गरेको छ । कांग्रेसको क्षेत्र कमिटीले शुरु गरेको अभियान अन्तर्गत जनताको समस्या सुन्ने र समाधानका निम्ती पहल गर्ने उद्देश्यले सो अभियान शुरु गरिएको हो ।
दुई तिहाई बहुमतको वर्तमान सरकारले जनताको आकांक्षाहरुलाई सम्बोधन नगरेको यस क्षेत्रका जनताहरुले गुनासो गरेका थिए । बीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा र प्रसुतीपुरमा आयोजित घरदैलो तथा भेला कार्यक्रममा स्थानीयले जनप्रतिनिधिले विकास निर्माणको काममा चाँसो नदेखाएको गुनासो गरेका थिए ।

निर्वाचित जनप्रतिनिधिले बिकासको काम भन्दा बढी प्रचारबाजीमा लागेको लालपर्साका पुर्व अध्यक्ष नागेन्द्र मण्डलले बताएका थिए । गाउँघरमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास निर्माणको काम नगरेर निर्वाचित जनप्रतिनिधिहरुले कार्यकर्ता पाल्ने बाहेक काम नगरेको उनले बताए । भेलामा स्थानीय विरेन्द्र यादवले भलुही खोलामा आएको बाढिका कारण किसानको ५ सय बिघा जग्गा डुवानमा परेर करोडौँको बालि क्षति भएको दु:खेसो पोखे । बाढी आएर किसानहरु भोकै मर्ने अवस्था सृजना भएको बेलासमेत जनप्रतिनिधि नआएको उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले पर्साको मुहार नेपाली कांग्रेसले मात्र परिवर्तन गर्न सक्ने दाबी गरे । अहिले नेकपा र जनता समाजवादीले देशको विकास भन्दापनि आफ्नो पार्टीका कार्यकर्ता पाल्न राज्यको ढुकुटी कुम्ल्याउने काम मात्र गरिरहेको उनले आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद् अनिल र·टाले पार्टीलाई एकीकृत गरेर अगाडी बढ्नुको कांग्रेससँग विकल्प नरहेको बताए । तत्काल जनस्तरमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायमा पार्टीले पहल गर्ने बताउँदै उनले समाधान नभए ठुलो आन्दोलन समेत गर्ने चेतावनी दिएका थिए ।
आवश्यक र महत्वपूर्ण पूर्वाधार विकास गर्नुको सट्टा निर्वाचित प्रतिनिधिहरु स्वास्त र प्रवेशद्वारा निर्माणलाई विकास भनेर जनतालाई ठग्दै छन्,र·टाले भने । उनले हामीलाई स्वागतद्वारा चाहिएको छैन । विद्यालय बनाउनु पर्यो, स्वास्थ्य संस्थाको खोल्नु पर्यो, सडक, नाला निर्माण गर्नुपर्यो, पहिलादेखि रहेका संरचनाहरुलाई स्त्तरोन्नती गरेर गाउँघरका मान्छेको जीवनलाई सहज बनाउनु आजको आवश्यकता रहेको उनको भनाई रहेको थियो ।
क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति विजय सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता रामनारायण कुर्मी, महानगरपालिकाका उपमेयर शान्ती कार्की, वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, नेता अरबिन्द गुप्ता, अलि हुसैन देवान लगायत स्थानीयहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।