सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागूऔषध बरामद

61

संतोष रन्जितकार
वीरगंज, १६ कार्तिक ।
सशस्त्र प्रहरीले भारी मात्रमा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर सीमा आउट पोस्टबाट खटेको प्रहरी टोलि आज दिउँसो बेवारिस अवस्थामा फालिएको प्रतिबन्धित लागुऔषध डाइजपाम, फेनारगन, नुर्फिन, नाइट्राभेट र उइन साइरेक्स बरामद गरेको हो ।
प्रहरीले आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वानजिक दशगजा क्षेत्रको सीमास्तम्भनजिक फालिएको अवस्थामा एक सय ७८ थान डाइजपाम, एक सय ७८ थान फेनारगन, एक सय ७८ थान नुफिन, १९ पत्ता नाइट्राभेट र ३८ वटा उइन साइरेक्स बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले जानकारी दिए ।
भारतबाट प्रतिबन्धित लागुऔषध लिएर आउँदै गरेका युवकले सशस्त्र प्रहरीलाई देखेपछि लागुऔषध छाडेर भागेको उनले बताए ।
उनका अनुसार सीमानाकामा सामान्य आवातजावत खुला भएसँगै लागुऔषध तस्कर सक्रिय भएपछि नाकामा कडाइ गरिएको छ ।